Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

निर्वाचनमा सेनासहित डेढ लाख बढी सुरक्षाकर्मी र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी

निर्वाचनमा सेनासहित डेढ लाख बढी सुरक्षाकर्मी र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
निर्वाचनमा सेनासहित डेढ लाख बढी सुरक्षाकर्मी र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी
images

चितवन । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ। त्यसको लागि गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी चुनावमा परिचालन गरिने सुरक्षाकर्मीबारे छलफल भएको थियो।

चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी छ। ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ। म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ। एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुन हुन लागेकोले सुरक्षाकर्मी अपुग हुँदा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको छ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:३२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology