मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित पाँचकिलोबाट शनिबार बिहान घरबाटै चोरी भएको प्रदेश ३ ०३ ००६ प ७४३७ नं.को पल्सर १५० सिसिको मोटरसाईकल धादिङको बेनिघाट बजारमा फेला परेको छ । मोटरसाईकल चोरले चोरी गरेर लैजादै गरेको अवस्थामा बेनिघाट स्थित ट्राफिक प्रहरी कार्यालय बेनिघाटले सडक चेकजाँचको क्रममा फेला पारेको हो।
रंगेहात फेला परेको भए पनि समात्ने क्रममा मोटरसाइकल चोर भने भाग्न सफल भएको ट्राफिक प्रहरी कार्यालय बेनिघाटका प्रमुख प्रहरी सहायक निरिक्षक इन्द्र घिसिङले बताए। हाल प्रहरी नियन्त्रणमा रहेको मोटरसाईकलको धनी धनराज गुरुङ आउदै गरेकोले आवश्यक प्रक्रिया पुरा गरेर मोटरसाईकल धनिलाई बुझाईने उनले बताए