Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए 

मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए 

images

इच्छाकामना न्युज

१३, पौष २०७७
मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए 
images

काठमाण्डौ, १३ पुस । सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताउनुभयो । 
उहाँले स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्रीको उपस्थितिमा हिजो बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरिएको जानकारी दिनुभयो । हिजैबाट लागू हुनेगरी अर्को सूचनाजारी नभएसम्मका लागि सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको र निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले सोध भर्ना दिने पनि जानकारी गराउनुभयो । 
आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारका लागि निजी अस्पतालहरु तयारी अवस्थामा भने रहनुपर्ने उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:११:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology