Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पुरुष क्रिकेट अन्तर्गत आज चार खेल हुँदै

पुरुष क्रिकेट अन्तर्गत आज चार खेल हुँदै

images

इच्छाकामना न्युज

२६, भाद्र २०७९
पुरुष क्रिकेट अन्तर्गत आज चार खेल हुँदै
images

काठमाण्डौ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको चौंथो दिन आज चार वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछन्भने मुलपानी मैदानमा पनि दुई खेल हुनेछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रदेश १ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ । त्रिविमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १ः१५ मा सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र एनआरएनए एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

बागमती र एनआरएनएबीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ ।मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - ०९:१२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology