भालुमारा । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित भालुमारामा रहेको भालुमारेझुल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः पदम थापा मगर चयन भएको छ । आज सम्पन्न समितिको पाँचौ साधारण सभा तथा चौथो अधिवेशनले पुनः मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा बोध बहादुर गोले, सचिवमा देवलाल गुरुङ, कोषाध्यक्षमा रविना वाईवा, सह–सचिवमा लालमाया गुरुङ लगायत चयन भएका छन्।

समितिका अध्यक्ष पदम थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष बम बहादुर राना मगर रहेका थिए भने विशिष्ट अतिथिमा खानेपानी तथा सरसफाई डिभिजन नं. १ का प्रतिनिधी प्रेम हमाल, अतिथिमा सरसफाई अभियन्ता शिवराज न्यौपाने लगायत रहेका थिए।