Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा ७ नं. वडाका विभिन्न योजनाहरुको अनुगमन

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा ७ नं. वडाका विभिन्न योजनाहरुको अनुगमन

images

इच्छाकामना न्युज

२५, भाद्र २०७९
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा ७ नं. वडाका विभिन्न योजनाहरुको अनुगमन
images

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा गाउँपालिकाको वडा नं. ७ मा संचालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । अध्यक्ष गुरुङले आज प्राविधिकहरुको साथमा गाउँपालिका र प्रदेशको बजेटबाट संचालित विभिन्न योजनाहरुको अनुगमन गरेको हो।

अध्यक्ष गुरुङका अनुसार बागमती प्रदेशबाट संचालित योजनाहरु ढाड बारि–स्याङ्दि कालोपत्रे योजना,  सिमलढाप–पिपलटार कालोपत्रे योजना, सिमलढापबाट भुकम्प बस्ति जाने बाटोको कालोपात्रे योजनाका साथै गाउँपालिकाबाट संचालित योजनाहरु भालुमारा–सुन्दरबस्ति सडक निर्माण योजना, बाघखोर–ल्होसे सडक निर्माण योजना, गर्दास–झामझुङे सडक निर्माण योजना, पिपलटार, स्याङ्दी, सिमलढापमा संचालित खानेपानी योजनाहरुको अनुगमन गरिएको छ। 

यस्तै डिपिआर भएका पुलहरु थानखोला, धमेलि खोला, बाघखोर–सिमलढाप झोलुङ्गे पुल लगायतको योजनाहरुको समेत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। गाउँपालिकामा संचालित आयोजनाहरु समयमै सम्पन्न होस् भन्ने उद्देश्यले योजनाहरुको अनुगमन गरिएको अध्यक्ष गुरुङले बताए। अनुगमनको क्रममा स्थानीय सरोकार वालाहरुसँग समेत राय सल्लाह लिइएको उनले बताए।

अनुमगन टोलीमा गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर कृष्ण उपाध्याय, बागमती प्रदेशका प्राविधिक इन्जिनियर नविन अधिकरि र बालकृष्ण आचार्य लगायत रहेका थिए।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - २२:२१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology