कुरिनटार । गाउँपालिकामा स्रोतव्यक्तिको जिम्मेवारीमा रहदा आफ्नो जिम्मामा लिएको सामाग्री जिम्मेवारीबाट हटेसँगै बुझाउनुपर्नेमा नबुझाई अटेरि गरिरहेको इच्छाकामना गाउँपालिकाका निवर्तमान स्रोत व्यक्ति भविश्वर गुरुङले उल्टो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याललाई आधा दर्जन आरोप लगाउदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
शिक्षक गुरुङले गाउँपालिकाको ल्यापटप जिम्मेवारीबाट हटेको ३ महिना पुगिसक्दा पनि हालसम्म नबुझाएको भन्दै बिहिबार स्थानीय संचारमाध्यमहरुले समाचार प्रकाशन गरेको थियो।
समाचार प्रकाशन भएसँगै आक्रोशित बनेका गुरुङले गाउँपालिकाको सामाग्री बुझाउने भन्दा पनि आफ्नो गल्ति ढाकछोप गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल माथि नै ६ वटा बुदाँगत आरोप लगाउदै खनिएका छन्। प्रशासकिय अधिकृतले नै आफु विरुद्ध समाचार लेख्न लगाएको भन्दै गुरुङ प्रशासकिय अधिकृत विरुद्ध खनिएका हुन्।
उनले प्रशासकीय अधिकृत माथि लगाएका आरोपहरु यस्ता छन्।
