Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै 

राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै 
images

काठमाण्डौ । राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ । विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको सभापति चयनका लागि आज निर्वाचन हुन लागेको हो ।

सभापति चयनको लागि दिउँसो १ बजे सम्बन्धीत समितिमा मतदान हुने संसद् सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाँप्रसाद शर्मा र दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । निर्वाचित सभापतिले आजै दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् । 

 

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - ११:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology