मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित रिग्दिखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा प्रहरीले स्काभेटर मेसिन र ट्रिप्पर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा मंगलबार १ स्काभेटर सहित ५ टिपर नियन्त्रण लिएको हो ।
प्रहरी टोलीले रिग्दि खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा ना १ क ७९६४ नं. को एक्साभेटर, बा.प्र. ०३ ००१ ख १६१०, क. २ ख ४४११, ना. ८ ख ८३२२, बा.प्र. ०३–००१ ख ०६३४ र बा.प्र. ०३–००१ ख ०८६५ नम्बरको टिपरलाई फेला पारी नियन्त्रणमा लिईएको हो।
नियन्त्रणमा लिएको स्काभेटर तथा टिपरलाई आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय भरतपुर पठाएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।