Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

शिक्षा

कुरिनटारमा वाट्सन इन्स्टिच्युट संचालनमा, इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने

कुरिनटारमा वाट्सन इन्स्टिच्युट संचालनमा, इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने

images

इच्छाकामना न्युज

१८, भाद्र २०७९
कुरिनटारमा वाट्सन इन्स्टिच्युट संचालनमा, इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा ४ स्थित कुरिनटारमा वाट्सन इन्स्टिच्युट संचालनमा आएको छ। गाउँपालिकामै पहिलो पटक लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने गरि इन्स्टिच्युट संचालनमा आएको हो । इन्स्टिच्युटले भाद्र १९ गतेदेखि कक्षा सञ्चालन गरिने भएको छ ।

आज वाटसन इन्स्टिच्युटको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले उक्त संस्थाको सफलताको शुभकामना दिदैैं गाउँपालिकाले उक्त संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । इन्स्टिच्युटले कति विद्यार्थी पास गराउन सक्छ त्यसको लक्ष्यसहित योजना ल्याउन आग्रह गर्नुभयो । सोही अनुरुप गाउँपालिकाले सहयोग गर्न सकिने बताउनुभयो ।

लोक सेवा आयोग र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालनका साथै सिटीइभिटी अन्तरगतका कक्षा सञ्चालन, शैक्षिक परामर्श दिइने, अनलाइन फर्म भरिने, अनलाइन मार्फत लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु सञ्चालन गरिने, कम्प्युटरका कक्षाहरु सञ्चालन गरिने इन्स्टिच्युटले जनाएको छ । कम्प्युटर कक्षाका लागि कम्प्युटर ल्याब समेत स्थापना भइसकेकोे संस्थाका सचिव अर्जुन बहादुर खत्रीले बताउनुभयो । नेपालकै वरिष्ट प्रशिक्षकहरुबाट विद्यालयदेखि विश्वविद्यालय तहसम्मका ट्युसन कक्षा समेत सञ्चालन गरिने सचिव खत्रीले बताउनुभयो ।

चितवन,गोेरखा, धादिङ र तनहुँ लगायत जिल्लाका शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरुको संलग्नता रहेको यस इन्स्टिच्युट इच्छाकामना गाउँपालिकाको सामाजिक संस्था दर्ता ऐन, २०७५ अनुसार दर्ता भइ सञ्चालन गरिएको हो । यस संस्थामा ५२ जना संस्थापक शेयर सदस्यहरु रहेका छन् ।

सो अवसरमा संस्थापक शेयर सदस्यहरुलाई प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको बाहुलीबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

इन्स्टिच्युटका अध्यक्ष भविश्वर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ प्रमुख तथा निर्वतमान अध्यक्ष गीता कुमारी गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव अर्जुन बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २१:१९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology