Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

नेकपा एमाले आँबुखैरेनी गाउँकमिटि अध्यक्षमा कपिल खनाल चयन

नेकपा एमाले आँबुखैरेनी गाउँकमिटि अध्यक्षमा कपिल खनाल चयन

images

इच्छाकामना न्युज

१८, भाद्र २०७९
नेकपा एमाले आँबुखैरेनी गाउँकमिटि अध्यक्षमा कपिल खनाल चयन
images

आँबुखैरेनी । नेकपा एमाले आँबुखैरेनी गाउँकमिटिको अध्यक्षमा कपिल खनाल चयन भएको छ । पार्टीको आज आँबुखैरेनीमा सम्पन्न विशेष अधिवेशनले गाउँकमिटि अध्यक्षमा खनाललाई चयन गरेको हो।

गाउँकमिटि अध्यक्ष मीना अधिकारीको सभापतित्वमा सम्पन्न विशेष अधिवेशनले खनालको अध्यक्षतामा १४ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय नेकपा एमाले आँबुखैरेनी गाउँकमिटि चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा सम्झना वि.क., सचिवमा इश्वर राना, सह–सचिवमा पूर्ण बहादुर आले र कर्ण बहादुर भुजेल लगायत चयन भएका छन् ।

भेलामा राष्ट्रिय सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने प्रमुख अतिथि तथा तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देल विशिष्ट अतिथि रहेको थियो भने पार्टीको गण्डकी प्रदेश कमिटि सदस्य ऋषि के.सी. र उपेन्द्र देवकोटा, जिल्ला सचिवालय सदस्य इन्द्रमान परियार, गाउँकमिटि इन्चार्ज दुर्ग बहादुर थापा, सह–इन्चार्ज ऋषि के.सी. लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २०:०३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology