Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी 

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी 

images

इच्छाकामना न्युज

१७, भाद्र २०७९
राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी 
images

काठमाण्डौ । राष्ट्रिय सभाको आजको बैठकले नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने छ । गत साउन ६ गते प्रतिनिधि सभा र १२ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक १५ गते प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाइएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारको लागि सुझाव दिँदै संसद्मा फिर्ता पठाउनुभएको थियो ।

त्यो विधेयक गत २ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पठाइएको छ । अब राष्ट्रिय सभाले यो विधेयक पारित गरेको खण्डमा फेरि पनि प्रतिनिधि सभाले प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाउनेछ । यसअघि प्रमाणिकरण नगरेकाले दोस्रो पटक विधेयक फर्काउन नमिल्ने संवैधानिक प्रावधान छ । 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:२५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology