Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

स्वास्थ्य क्षेत्रका विभिन्न संगठनहरु आज माइतीघरमा मौन धर्नामा बस्दै 

स्वास्थ्य क्षेत्रका विभिन्न संगठनहरु आज माइतीघरमा मौन धर्नामा बस्दै 

images

इच्छाकामना न्युज

१२, पौष २०७७
स्वास्थ्य क्षेत्रका विभिन्न संगठनहरु आज माइतीघरमा मौन धर्नामा बस्दै 
images

काठमाण्डौ, १२ पुस । विभिन्न १९ वटा स्वास्थ्य क्षेत्रका पेशागत तथा स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुले आज माइतीघरमा प्रदर्शन गर्न लागेका छन् । विभिन्न १८ बुँदे मागसहित सरकारलाई २८ दिने अल्टिमेटम दिएपछि पनि सरकारले माग सम्बोधन नगरेको भन्दै संयुक्त स्वास्थ्य संघर्ष समितिले आज माइतीघरमा आन्दोलन गर्न लागेको हो । 
समितिले यसअघि पुस ७ गते नै सरकारले आफूहरुको माग पूरा नगरे पुस १२ गतेका दिन माइतीघर मण्डलामा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म माइतीघरमा मण्डलामा मौन धर्ना कार्यक्रम तय गरेको थियो । 
सोहि कार्यक्रम अनुसार आज मौन धर्नामा बस्न लागिएको समितिका संयोजक डा. लोचन कार्कीले बताउनुभयो । समितिले सरकारलाई दुई चरणमा माग सुनुवाइका लागि अल्टिमेटम दिएको थियो । मंसिर ७ गते पहिलो अल्टिमेटममा सरकारलाई २१ दिनको समय दिइएको थियो भने दोस्रो पटक पुस ७ गते थप ७ दिनका लागि समयावधि थप गर्दै सरकारलाई वार्ता र माग सम्बोधनका लागि समय दिएको थियो । तर, सरकारले माग पूरा गर्ने विषयमा कुनै पनि चासो नदिएको भन्दै आन्दोलनमा जान बाध्य भएको समितिले जनाएको छ । 
समितिले कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने,स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको उत्प्रेरणात्तम योजना जस्तै जोखिम भत्ता, बीमा, मृत्युपश्चात दिइने खर्च वा रकम सरकारी तथा निजी सबै स्वास्थ्यकर्मीहरुलाईए सहज तरिकाले उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १८ बुँदे माग राखेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:१२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology