Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन ३ सहित माओवादी केन्द्रद्वारा प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिटको दाबी

चितवन ३ सहित माओवादी केन्द्रद्वारा प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिटको दाबी

इच्छाकामना न्युज

१३, भाद्र २०७९
चितवन ३ सहित माओवादी केन्द्रद्वारा प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिटको दाबी
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्तासाझेदार दलहरुको सिट बाँडफाडमा चितवन ३ सहित प्रतिनिधिसभामा ६० र प्रदेश सभामा १२० सिटको दाबी गरेको छ ।

images
images

सोमबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचनसम्बन्धी कार्यक्रममा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनावमा गठबन्धनमा ६० सिट दाबी गर्ने बताएका हुन् । कार्यक्रममा उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभा सदस्यमा १२० सिट दाबी गर्ने बताएका हुन् ।

‘हामी प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिट भन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेशसभामा हाम्रो दाबी रहन्छ,’ उनले भने । त्यस्तै दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन् । माओवादी अध्यक्ष प्र्रचण्डले यसअघि आफू आगामी निर्वाचनमा चितवन ३ बाटै निर्वाचन लड्ने घोषणा गर्दै आएका थिए । माओवादीका जिल्लास्तरीय नेताहरु पनि चितवन ३ मा प्रचण्डको विकल्प नभएको बताउँदै आएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रचण्डको चुनावी प्रचारप्रसारको नेतृत्व गर्ने जिम्मेवारी पार्टीले दिएको छ ।

आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तीन चरणमा सिटको भागबन्डा टुंग्याउने बताए ।

भदौ १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने उनले बताए । अध्यक्ष दाहालले गठबन्धन अब पनि रहने कि नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रहिरहने दाबी गरे।

 
 
 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - २१:४२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology