लिबिया । लिबियामा भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । लिबियाका दुई समूहबीच भएको झडपमा परी १ सय ५९ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सेना र सशस्त्र समूहबीच झडप भएको हो ।
लिबियामा सशस्त्र समूहले शुक्रवार साँझदेखि कैयौँ अस्पतालमा क्षति पु¥याउनुका साथै भवनमा आगजनी गरेका थिए। आक्रमणमा परी ६ वटा अस्पताल प्रभावित भएका छन् भने एम्बुलेन्सहरू प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्।
यसैबीच, संयुक्त राष्ट्र सङ्घको लीबिया मिशनले झडपलाई तत्काल रोक्न अपिल गरेको छ । सन् २०११ मा नाटो समर्थित विद्रोह पछि लिबियामा युद्धको अवस्था उत्पन्न भएको हो ।
सन् २०१९ र २०२० मा हफ्तार भन्ने समूहले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो घटना हो ।