Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी विशेष

गोरखा भुम्लिचोक स्थित भैरवी मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न

गोरखा भुम्लिचोक स्थित भैरवी मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न

इच्छाकामना न्युज

१२, भाद्र २०७९
गोरखा भुम्लिचोक स्थित भैरवी मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न
images

भुम्लिचोक । गण्डकी गाउँपालिका ६ स्थित भैरवीटारमा निर्माण भइरहेको भैरवी मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । हाल सम्म ९० प्रतिशत सम्पन्न भएको हो ।

images
images

२०७८ जेठ २३ गते सम्झौता गरि निर्माण गर्न जिम्मा पाएको शासा कन्स्ट्रक्सन प्रा.लि.ले ८८ लाख ३८ हजार ४ सय ८३.७३ पैसामा खोलिएको टेन्डरमा रु. ७४ लाख ६० हजार ८ सय ८३ रुपैया ४५ पैसामा उक्त कम्पनीले ठेक्का पाएको हो ।

झ्याल, ढोका, टाइल लगाउने काम र रङ्ग रोगन आदिको काम बाँकी रहेको सव इन्जिनियर शेखरबाबु श्रेष्ठले बताउनुभयो पहिलो पटक असोज २५ गते सम्म म्याद थपिएको र तोकिएको म्याद थप समयभित्र निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

साथै प्रतिक्षालय, महिला र पुरुषका छुट्टा छुट्टै सौचालय निर्माण लगायत पानीको व्यवस्थाका लागि काम भइरहेको छ । गण्डकी गाउँपालिकाको शुन्दर रमणिय स्थल भैरवीटारको शिरमा अवस्थित यस मन्दिरमा हरेक बर्षको बैशाख पुर्णिमामा पुजा लाग्ने गर्दछ । साथै बलि पनि चढाउने गरिन्छ ।

धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुदैँ आएको यहाँ फुटवल मैदान, पिक्निक स्पट आदिको निर्माण भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:१९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology