कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको (याक ब्रुइङ) द्वारा सञ्चालित बाह्रसिंगे बियर फ्याक्ट्रीका म्यानेजर माथि स्थानिय युवाहरुले आक्रमण गरेका छन् । शुक्रबार साँझ युवाहरुको एक समुहले कुटपिट गरेका हुन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुनजित तामाङका अनुसार शुक्रबार दिउँसो बियर फ्याक्ट्री हाताभित्र सञ्चालित याक बियर गार्टेन रेष्टुरेन्टमा युवाहरुबिच एक आपसमा झगडा भएका थिए । झगडा गरेका युवाहरुलाई होहल्ला गरेको भन्दै म्यानेजर माधव पौडेलले रेष्टुरेन्ट बाहिर निकालेका थिए ।
सोही रिसिइविका कारण ती युवाहरुको समूहले शुक्रबार साँझ म्यानेजर पौडेलमाथि फ्याक्ट्री कै गेटमा ५६ जनाको समूहले आक्रमण गरिएको प्रहरी निरिक्षक तामाङले बताए ।
प्रहरीले तीन जनालाई आक्रमण गरिरहेकै समयमा नियन्त्रणमा लिएको छ । अन्य भने फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए। घाइते म्यानेजर पौडेलको सिएमसी भरतपुरमा उपचार पश्चात आजै डिस्चार्ज गरिएको छ । आक्रमण पश्चात प्रहरीले पौडेललाई अस्पताल पुर्याएको थियो ।