Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाको हपनी गाउँ पनि सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा

इच्छाकामनाको हपनी गाउँ पनि सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
इच्छाकामनाको हपनी गाउँ पनि सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा
images

कुरिनटार । चितवनको इच्छाकामना २ स्थित हपनी गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले हपनी गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, कार्यक्रमका सहयोगी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वा(भिसिए) वेल्ट हंगर हिल्फे(डब्लुएचएच) र नेपाल ग्रामीण पुननिर्माण संस्थ(आरएनएन)को प्रतिनिधिहरुको सहभागिता रहेका थिए । वडाध्यक्ष पञ्च बहादुर चेपाङको सभापतित्वमा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

300432628_2770339469767745_867796639944053152_n.jpg

एक घर एक धारा, सौचालय निर्माण ,बाटोघाटो सरसफाई र हरेक घरमा खानेपानी फिल्टर रहेपछि हपनी गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको वडाध्यक्ष पञ्च बहादुर चेपाङले बताउनुभयो । ३ किलोमिटर टाढाबाट बस्तीमा पानी ल्याएको उहाँले बताउनुभयो ।

६४ घर रहेको हपनीमा गाउँपालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वा(भिसिए) वेल्ट हंगर हिल्फे(डब्लुएचएच)को आर्थिक सहयोगमा नेपाल ग्रामीण पुननिर्माण संस्थ(आरएनएन)ले कार्यक्रम संचालन गरिएको हो ।

300579473_2770339399767752_8954658445508329439_n.jpg

यसैबिच यस अघि थापथली गाउँलाई पनि सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिसकेको छ । सबै टोलमा कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष चेपाङले बताउनुभयो । केही गाउँहरुमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - ०८:५५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology