आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फाइजर खोप लगाउने अभियान आजदेखि सुरु हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आजदेखि विद्यालयमा अध्ययनरत ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकाहरुलाई फाईजर खोप लगाउन लागिएको हो।
लक्षित समूहका करिब ३ हजार बालबालिकालाई लक्षित गरि खोप अभियान सुरु गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। उनका अनुसार गाउँपालिका अध्यक्ष शुक्र चुमान मार्फत अभियानको सुरुवात गरिनेछ।
साथै आजदेखि सुरु गरिने खोप अभियान भदौ १४ गतेसम्म संचालन गरिनेछ।