कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा समितिमा ४ जना मनोनित भएका छन्। गाउँपालिकाले मंगलबार गाउँ शिक्षा समितिको सदस्यमा ४ जनालाई मनोनित गरेको हो।
गाउँ शिक्षा समितिमा मनोनित हुनेहरुमा वडाध्यक्षबाट वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रध्यानाध्यापक तथा शिक्षकहरुबाट देविभञ्ज्याङ्ग आधारभुत विद्यालयका प्रध्यानाध्यापक ज्ञानुदेवी पाण्डे, पामडाडा आधारभुत विद्यालयका प्रध्यानाध्यापक यान बहादुर गुरुङ र शिक्षक इश्वर नेपाल रहेका छन्।