आँबुखैरेनी । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तनहुँको आँबुखैरेनी १ स्थित बरादीमा तीजगीत प्रतियोगिता हुने भएको छ । बरादी स्थित बरादी अकला आमा समूहको आयोजनामा भदौ १४ प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैया, द्वितीय हुने समूहले नगद १५ हजार रुपैयाँ र तृतीय हुने समूहले नगद १० हजार रुपैयाँ पाउनेछ।
यस्तै कार्यक्रममा दिलु बिसी, सरीता गुरुङ, रामचन्द्र अर्याल, पवनश्री परियार, कमल सापकोटा, चन्द्र खनाल, दिर्घ खनाल र कहरसिंह थापा लगायतका कलाकारहरुको समेत सांगेतिक प्रस्तुती रहनेछ ।