Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिनिधि सभाको बैठक आज बस्दै 

प्रतिनिधि सभाको बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

७, भाद्र २०७९
प्रतिनिधि सभाको बैठक आज बस्दै 
images

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान १० बजेका लागि बोलाइएको बैठकमा एउटा विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसअघि उक्त विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित भएको थियो।

शोक प्रस्ताव पारित भएपछि सभामुख अग्नि प्रसाद सापकोटाले आज बिहान १० बजे अर्को बैठक बस्नेगरीबैठक स्थगित गर्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:१५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology