Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिकाकालाई प्रयोगका लागि अनुमति 

नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिकाकालाई प्रयोगका लागि अनुमति 

images

एजेन्सी

७, भाद्र २०७९
नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिकाकालाई प्रयोगका लागि अनुमति 
images

अमेरिका । अमेरिकाको रोग नियन्त्रक तथा रोकथाम केन्द्रले कोरोनाविरुद्धको नोभाभ्याक्स खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । केन्द्रका अनुसार यो खोप १२ देखि १८ वर्ष मुनिका किशोर किशोरीलाई लगाउन सकिने छ । अ

मेरिकाको खाद्य तथा औषधि व्यवस्थापनले गत साता नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिका किशोरकिशोरीलाई लगाउन सकिने भनेर सिफारिस गरेको थियो । प्रोटिनमा आधारित यस भ्याक्सिनलाई अमेरिकामा वयस्कहरूमा लगाउन सकिने भन्दै गत जुलाई महिनामै आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।

योसँगै १२ देखि १८ वर्ष मुनिका किशोरकिशारीका लागि लगाउन मिल्ने तेस्रो खोप नोभाभ्याक्स बनेको छ । यसअघि मोडर्ना र फाइजर खोप सो उमेर समूहका लागि प्रयोगमा थियो ।      

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०८:५५:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology