Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

स्थानीय तह निर्वाचन सकिएको ४ महिना पछि माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक

स्थानीय तह निर्वाचन सकिएको ४ महिना पछि माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक

नेतृत्वको भुमिका प्रति अधिकांश कार्यकर्ताको असन्तुष्टि

images

इच्छाकामना न्युज

५, भाद्र २०७९
स्थानीय तह निर्वाचन सकिएको ४ महिना पछि माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक
images

कुरिनटार । स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिनापछि नेकपा माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक बसेको छ । नेकपा माओवादी केन्द्र इच्छाकामनाका कार्यवाहक अध्यक्ष रामप्रसाद बोहोराको अध्यक्षतामा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रेणु दाहाल, केन्द्रिय सदस्य, घनश्याम दाहाल, प्रदेश कमिटीका कोषाध्यक्ष संगिता भट्टराई जिल्ला संयोजक आरसी अधिकारी, सचिव दोर्ण सिवाकोटी लगायतको उपस्थितिमिा गाउँकमिटी, वडाका इन्चार्ज, अध्यक्ष र जनवर्गिय संगठनहरुका अध्यक्षहरु सहित विस्तारित बैठक सम्पन्न भएको हो ।

विस्तारित बैठकमा पार्टीका गाउँ कमिटी सदस्य, जनवर्गिय संगठनहरुले गाउँपालिका कमिटी र जिल्ला कमिटीका नेतृत्वको कामकारवाही बारे असन्तुष्टि जनाएका थिए ।

उनिहरुले नेतृत्व संस्थागत नभई एकाङ्खकी ढंगले चलेको , टिकट वितरणमा व्यापक छलफल र बहस नभएको, पालिका कमिटीको विवादबारे जिल्ला र प्रदेशले वेवास्ता गरेको,पार्टीमा आर्थिक कारोबार सुन्य भएको, पार्टी सदस्यहरुबाट नियमित ल्याबी उठाउन नसकेको निर्वाचनमा आवश्यक सामान्य खर्च पनि पार्टीका तर्फबाट उम्मेद्वारहरुलाई उपलब्ध नगराएको निश्चित व्यक्तिहरुको कोठे बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने गरेको लगायतका विषयहरु उठाएका थिए ।

299779062_1372657546557526_1794795797371587551_n.jpg

कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रेणु दाहालले टिकट वितरणमा गाउँ कमिटीकै अधिकार रहेको बताउनुभयो । जिल्ला र प्रदेशबाट कुनै पनि हस्तक्षेप नभएको प्रष्ट पार्दै दाहालले सकेसम्म सर्वसहमतीमा गाउँकमिटीले नै टुंगो लगाउन निर्देन दिएको बताउनुभयो । गाउँकमिटीले टुंगो लगाउन नसक्दा प्रदेश कमिटीले गरेको निर्णय पालना गर्नुपर्ने उहाँको भनाई छ । टिकट विवादलाई लिएर विपक्षीलाई भोट माग्नु र निष्कृया बस्नु स्वीकार्य नहुने उहाँको भनाई छ। भरतपुर महानगरपालिकाका मेयर समेत रहनुभएका दाहालले इच्छाकामनामा गाउँ कमिटी गठन देखि लिएर सबै भातृसंगठनहरुमा सर्वसहमतीले नेतृत्व चयन भएकाले टिकट वितरणमा यति ठूलो विवाद भएको आंकलन नगरेको बताउनुभयो । जिल्लाभर टिकट विवाद भइरहेकोले व्यापक छलफल गर्न समयनै अभाव भएको उहाँको भनाई छ ।

यसैबिच अर्का केन्द्रिय सदस्य घनश्याम दाहाल अविनासले गाउँ कमिटीले सिफारिस गरेकाहरुबाटै नै प्रदेशले एक जनालाई टिकक उलिब्ध गराएकोले हस्तक्षेप नभएको बताउनुभयो । सबै पालिकामा यही प्रकृयाबाट टिकटको निर्णय गरिएको बताउनुभयो । उहाँले असन्तुष्ट पक्षसंग आफुले पटक पटक छलफल समेत गरेको बताउनुभयो ।

वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री समेत रहनुभएको दाहालले माओवादी केन्द्रले इच्छाकामनामा गरेका विकासका योजनाहरुबारे जनतालाई भन्न नसक्नु यहाँको नेतृत्व पार्टी कार्यकर्ताको कमजोरी रहेको बताउनुभयो । इच्छाकामनामा अन्य जनप्रनिधिले भन्दा कयौँ गुणा बढी बजेट पारेर पनि जस लिन नसेको उहाँको भनाई छ । सांसद दाहालले यो योजना माओवादी केन्द्रको पहलमा भएको हो भनेर भन्न नसक्नु यहाँको कार्यकर्ताहरुको कमजोरी रहेको उहाँको भनाई छ । सबै वडाका नेतृत्वहरुसंग छलफल गरेर मात्र बजेट हाल्ने काम गरेको बताउनुभयो ।

निर्वाचनमा टिकट वितरणमा असन्तुष्टिसगैँ एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद कायमै रहेका थिए । निर्वाचनमा विपक्षलाई मत मागेको आरोप लागेका पार्टी अध्यक्ष हरि बहादुर थापालाई प्रदेश कमिटीले कारबाही स्वरुप निलम्बन गरिसेका छन् ।

इच्छाकामना ४ स्थित लेवटारमा सात घण्टा सम्म चलको विस्तारित बैठक तथा समिक्षा कार्यक्रममा पार्टी नेतृत्वको चर्को आलोचना सगैँ सहभागीहरुले पार्टीलाई जनमुखी बनाउन, चलायमान बनाउन एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्यद्धय रेणु दाहाल र घनश्याम दाहाल, प्रदेश कसमटीका कोषाध्यक्ष संगिता भट्टराई जिल्ला संयोजक आरसी अधिकारी,जिल्ला सचिव दोर्ण सिवाकोटी, इच्छाकामना इन्चार्ज तथा प्रदेश सदस्य प्रताप गुरुङ लगायतले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

 

images
प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - २१:१८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology