Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

images

एजेन्सी

५, भाद्र २०७९
साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन
images

पाकिस्तान । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ  । विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो । 

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाएको देख्न सकिन्छ ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - ०८:०६:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology