Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आफ्नो सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको चेतावनी 

आफ्नो सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको चेतावनी 

images

एजेन्सी

४, भाद्र २०७९
आफ्नो सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको चेतावनी 
images

चीन । चीनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण पछि अमेरीकासँग चीन रुष्ट बनेको छ ।

‘ताइवान स्वतन्त्रता’को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न पेलोसी त्यहाँ पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभयो ।

संयुक्त राज्य अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको चीनको आरोप छ ।

प्रवक्ता वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत तरिकाले नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ०९:४४:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology