तोक्दाङ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ स्थित तोक्दाङ गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तोक्दाङ गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको हो।
घोषणा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै अध्यक्ष गुरुङले नागरिकलाई स्वच्छ खानेपानी पिलाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा उपाध्यक्ष माया सिलवालको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपालले गरेका थिए।