Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

दुर्घटना

कुरिनटारमा गुडिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

कुरिनटारमा गुडिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

images

इच्छाकामना न्युज

३, भाद्र २०७९
कुरिनटारमा गुडिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु
images

कुरिनटार । चितवनको इच्छाकामनामा सवारी दुर्घटना हुदाँ दुई  जनाको मृत्यु भएको छ ।  गएराती  पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकाना गाउँपालिका ४ स्थित कुरिनटारमा गुडिरहेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई  जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाण्डौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुइजना गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको ल्यातीबन्द्रासाइनी नगरपालिका ६ बस्ने बर्ष २५ को सरोज रोकाया र सर्लाहीको ईश्वरपुर १ स्थायी ठेगाना भई हाल काठमाण्डौ महानगरपालिका ११ बस्ने वर्ष ३२ को सरोज माझि रहेको प्रहरीले जनाएको छ । भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मोटरसाइकल चालक सरोज रोकाएको विहान ५ः१० बजे मृत्यु भएको र पछाडी सवार सरोज माझिको ५ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - ०८:४६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology