Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टर्की र इजराइल कुटनीतिक सम्बन्ध विस्तार गर्न सहमत 

टर्की र इजराइल कुटनीतिक सम्बन्ध विस्तार गर्न सहमत 

images

एजेन्सी

२, भाद्र २०७९
टर्की र इजराइल कुटनीतिक सम्बन्ध विस्तार गर्न सहमत 
images

टर्की । टर्की र इजराइल कुटनीतिक सम्बन्ध विस्तार गर्न सहमत भएका छन् । पछिल्लो ४ वर्षदेखि जारी रहेको विवाद अन्त्य गर्ने उदेश्यका साथ दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध विस्तार गर्न लागेका हुन् ।

बढ्दो तनावलाई अन्त्य गर्दै एक अर्काको मुलुकमा आ-आफ्नो राजदूत र काउन्सलर पठाउने इजराइल र टर्कीबीच सहमति भएको बीबीसीले लेखेको छ । इजराइलका प्रधानमन्त्री येर ल्यापिड र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले दुबै मुलुकले एक अर्काको मुलुकमा कुुटनीतिक सम्बन्ध विस्तार गर्ने घोषणा गर्नुभएको हो ।

सन् २०१८ मा प्यालेस्टानी  प्रदर्शनकारीविरुद्ध इजराइलले हिंसक कारबाही गरेपछि दुबै मुलुकबीच तनाव बढेको थियो । इजराइलले गरेको कारबाहीको विरोधमा टर्कीले आफ्नो आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो । तर, गत वर्षको डिसेम्बरबाट दुबै मुलुकबीच सम्बन्ध सुधारको प्रयास भइरहेको थियो ।

यसअघि सन् २०२० मा दुबै मुलुकले संयुक्त अरब इमिरेट्समा आफ्नो सम्बन्ध सुधारका लागि सहमत भएका थिए । तर, सम्झौता कार्यान्वयनमा आउन नसक्दा दुबै मुलुकबीच तनाव बढेको थियो ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०८:४८:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology