आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मुग्लिन पुलजीपबाट अवैध लागुऔषध सहित एक युवा पक्राउ परेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ४ पदमपुरका २० वर्षीय राजेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
पृथ्वी राजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी चेकिङ गर्ने क्रममा चितवनबाट पोखरातर्फ गैरहेको ग १ ख २९५५ नं.को माइक्रो बसबाट अवैध लागु औषध सहित आज दिउँसो ४ः३० बजेतिर उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङको साथबाट प्रहरीले झोला भित्र लुकाई राखेको अवस्थामा लागु औषध डाईजोपाम १५ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ७ एम्पुल गरी जम्मा २८ एम्पुल र नाईट्रोभेटको चक्की ९० ट्याप्लेट बरामद गरेको छ।