नेदरल्याण्ड । नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तान विजयी भएको छ ।नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको हो ।
पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो ।
जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो एकदिवसीय भोलि हुनेछ ।