Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

रामशाहघाट दोभान

मस्र्याङ्गदी र दरौदीको संगमस्थल रामशाहघाट दोभानमा शव जलाउन गएका मलामीलाई नदीले बगायो

मस्र्याङ्गदी र दरौदीको संगमस्थल रामशाहघाट दोभानमा शव जलाउन गएका मलामीलाई नदीले बगायो

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
मस्र्याङ्गदी र दरौदीको संगमस्थल रामशाहघाट दोभानमा शव जलाउन गएका मलामीलाई नदीले बगायो
images

गोरखा । गोरखाको रामशाह घाटमा आज शव जलाउन गएका १ जना पुरुषलाई नदीले बगाउदा बेपत्ता भएका छन् । गोरखा नगरपालिका १३ देउराली सिम्ले फाँटका ५५ बर्षिय भुवनबहादुर अधिकारीलाई दरौदी र मस्र्याङदी नदीले बगाएको हो ।

बेपत्ता अधिकारीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अधिकारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा चितवनको कुरिनटारमा रहेको बिपत ब्यवस्थापन तालिम शिक्षालयबाट गोताखेरको टोली परिचालन गरिएको छ ।

मंगलबार बिहान ११:०० बजेतिर भएको घटना लगत्तै उनका आफन्त, नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले तनहुँको आँबुखैरेनीदेखी मुग्लीनको त्रिशुली नदी वरपर खोजी गरिरहेको आफन्त रिक्त बानियाँले जानकारी दिए ।

शव जलाएर मलामी फर्कने क्रममा अधिकारीले मुख धोएर आउछु भन्दै नदी भित्र छिर्ने बित्तिकै पानीको वहावले बगाएको मलामी गएका मध्ये १ जनाले गोरखा समाचारलाई जानकारी दिए । ‘दरौदी र मस्र्याङदी नदीको भंगालोले बगाएर बिच भागमा पुरयाए पनि उनी एक पटक उठेको तर पुनः पानीले बगाए’ उनले बताए ।

बेपत्ता अधिकारीको खोजी कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १७:५८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology