Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा 

भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा 

images

एजेन्सी

३०, श्रावण २०७९
भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा 
images

भारत । भारतले आज आफ्नो ७६ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । ब्रिटिश शासनबाट मुक्त भएको अवसरमा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारतका राष्ट्रपति द्रौपदी मुर्मले स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै देश विकासमा प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण रहेको हुँदा मुलुकलाई समृद्ध बनाउनका लागि सबैले आ आफ्नो स्थानबाट योगदान गरेकोमा धन्यवाद दिनुभयो ।

यसैबीच, दिवसको अवसरमा आज भारतको राजधानी नयाँ दिल्लीमा विशेष समारोहको आयोजना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा भारतीय झन्डा फहराएर देशका वीरहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

देशवासीको नाममा सम्बोधन गर्दै उहाँले भारतलाई स्वतन्त्र भारत बनाउनका लागि महात्मा गान्धी, डा.राजेन्द्र प्रसाद, जवाहर लाल नेहरु, रानी लक्ष्मी बाई लगायतले खेलेको भूमिकाको सँधै सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भारतले गरेको हरेक सङ्कल्प पूरा गर्नका लागि भारतीय नागरिकको ठूलो योगदान रहेको पनि उल्लेख गर्नुभयो । स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:११:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology