मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका भित्रका युवाहरुलाई समेटेर स्पोर्टस क्लव गठन गर्ने उद्देश्यका साथ युवाहरुको बृहत भेला बस्ने भएको छ । भोली साउन ३१ गतेका दिन मुग्लिनको जर्मन बेकरीमा युवा भेलाको आयोजना गरिएको हो।
भेला आयोजनाका संयोजक प्रकाश त्रिपाठीले दिएको जानकारी अनुसार भेलाबाट खेलकुदका सबै विद्याहरुलाई समेटेर गाउँपालिका स्तरीय बृहत खेलकुद क्लव गठन गर्नेछ।