Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्व प्रसिद्ध लेखक रुश्दीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता 

विश्व प्रसिद्ध लेखक रुश्दीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता 

images

एजेन्सी

२९, श्रावण २०७९
विश्व प्रसिद्ध लेखक रुश्दीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता 
images

अमेरिका । विश्व प्रसिद्ध लेखक सलमान रुश्दीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । अमेरिकी प्रहरीका अनुसार रुश्दीको हत्या प्रयास गरेको र आक्रमणको आरोपमा उजुरी दर्ता गरिएको छ । रुश्दीमाथि हादी मतर नामक व्यक्तिले आक्रमण गरेको र उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

शुक्रवार एक कार्यक्रमको बेला मञ्चमा बसिरहेको बेला रुश्दीको घाँटी नजिकै हादीले चक्कुले प्रहार गरेर घाइते बनाएका थिए । घाइते रुश्दीलाई तत्काल उद्धार गरी अमेरिकाको पेनसिल्वेनियास्थित अस्पतालमाभर्ना गरेर उपचार सुरु गरिएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर नै रहेको बताइएको छ ।

बीबीसीले लेखे अनुसार रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ७५ वर्षका रुश्दी पाँच दशकदेखि साहित्यक्षेत्रमा सक्रिय हुनुहुन्छ । ‘मिडनाइट चिल्ड्रेन’ नामक पुस्तकबाट चर्चामा आउनुभएका रुश्दी ‘स्याटेनिक भर्सेज’ नामक उपन्यासका कारण भूमिगत हुनुभएको थियो । ‘स्याटेनिक भर्सेज’ नामक उपन्यासका कारण उहाँलाई ज्यान मार्ने धम्की दिइएको थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - ०९:५५:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology