भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारद्वारा आफ्नो पहिलो महिनाको सेवा सुविधा वापत प्राप्त रकम गाउँपालिकाकै एक विधालयलाई प्रदान गरेको छ। अध्यक्ष तिमिल्सिनाले आफुले जनप्रतिनिधि भएपछि प्राप्त गरेको पहिलो महिनाको सेवा सुविधा वापतको रकम ३६ हजार २ सय रुपैयाँ घ्याल्चोक स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयलाई बुधबार प्रदान गरेको हो।
आफुले चुनावमा जनप्रतिनिधि भए वापत प्राप्त हुने सम्पूर्ण सेवा सुविधाको रकम सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता गरेकाले सोही बमोजिम पहिलो महिनाको रकम आपैm पढेको विद्यालयको शैक्षिक उन्नतीको लागि खर्च गर्ने गरि विद्यालयलाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारले बताए। उनले भने – ‘म मैले जनप्रतिनिधी भए वापत पाउने सम्पूर्ण सेवा सुविधाको रकम सामाजिक काममा खर्च गर्नेछु’ ।
यस्तै अध्यक्ष तिमिल्सिनाले उपलब्ध गराएको रकम विद्यालको शैक्षिक गुणस्तर वृद्विमा खर्च गरिने विद्यालयका प्रध्यानाध्यापक डिबी गुरुङले बताए।