आँबुखैरेनी । लायन्स क्लब अफ आँबुखैरेनी सिटीको वृक्षारोपण तथा व्हील वितरण कार्यक्रम सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका ३ स्थित पानी घट्ट(छिम्केश्वरी जाने बाटो ) वरपर वृक्षारोपण गरेका हुन् ।
साथै चार्डर प्रेसिडेन्ट रत्न कुमार श्रेष्ठको स्वर्गिय आमा पित्त कुमारी श्रेष्ठको सम्झनामा यस क्लब मार्फत व्हील चियर वितरण गरिएको क्लबका २०२२/२३ का सचिव श्याम विलास लामिछानेले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष देब बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका चार्डर प्रेसिडेन्ट रत्न कुमार श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम कुमार श्रेष्ठ, शिव खनाल,ऋृषि केसी लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेका थिए ।