आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले अब टोलमै पुगेर कर संकलन गर्ने भएको छ। गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै अब टोलमै पुगेर विभिन्न करहरु संकलन गर्न लागेको हो।
गाउँपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय सूचीकरण, नवीकरण तथा सम्पत्ति भूमिकर संकलन अभियान सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सर्वसाधारणको सहजताका लागि टोलमै पुगेर सेवा दिन लागिएको उनले बताए ।
दर्ता अभियानमा सहभागी हुनेहरुका लागि नयॉ व्यवसाय दर्ता तथा नवीकरण गर्दा २० प्रतिशत छुट र हालसम्मको जरीवाना नलाग्ने गाउँपालिकाले जनाएको छ ।
