काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोको बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।
यसअघि अस्ति शुक्रवार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकको समय हेरफेर गरेको थियो ।