Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर गुरुङ चयन

तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर गुरुङ चयन
images

मुग्लिन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् इच्छाकामना इकाइ समितिको अध्यक्षमा सन्तबहादुर गुरूङ चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोस्रो अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् । इकाइ समितिको वरिष्ठ उपाध्यक्षमा झलक गुरूङ, उपाध्यक्षमा कुमार गुरूङ, सचिवमा विन्दु गुरूङ, संगठन सचिवमा उदयकुमार गुरूङ, प्रचार सचिवमा सरगम गुरूङ र कोषाध्यक्षमा धनबहादुर गुरूङ चयन भएका छन् । 

यस्तै सदस्यहरूमा भने सन्तोष गुरूङ, लोकमाया गुरूङ, लीला गुरूङ, निरमाया गुरूङ, शान्ति गुरूङ, लालमाया गुरूङ, धनकुमारी गुरूङ र विनोद गुरूङ चयन भएका छन् । चितवनमा पछिल्लो समय ह्युल छोँज धीँमार्फत जिल्लामा रहेका गुरूङहरू संगठित हुन थालेका छन् । आफ्नो जातीय पहिचानसहितको मुद्धा र सवालहरूलाई मजबुद बनाउनमा संगठनको भूमिका मह¤वपूर्ण हुने अधिवेशनपूर्व भएको कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले बताए । 

296374560_791209761903875_5699339914149702416_n.jpg

गुरूङ समुदायले आयोजना गर्ने हरेक कृयाकलापमा पनि संगठित भइसकेपछिको भूमिका फरक र सहज हुने उनले बताए । ह्युल छोँज धीँ इच्छाकामना इकाइका तत्कालीन अध्यक्ष रामबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय सचिव सचिव सन्तलाल गुरूङ, जिल्ला उपाध्यक्ष विमला गुरूङ, तमुस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष शकुन्तला गुरूङ, ह्युल छोँज धीँका केन्द्रीय सल्लाहकार शारदा गुरूङ, नेपाल तमू विद्यार्थी छोंज धीँ, बागमती प्रदेशका संयोजक पवन गुरूङ, चितवन जिल्ला अध्यक्ष सुमित गुरूङ, तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव चित्रबहादुर गुरूङ, जिल्ला उपाध्यक्ष हीरालाल गुरूङ लगायतको उपस्थिति थियो ।  

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २०:२७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology