Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जनार्दन शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउने तयारी 

जनार्दन शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउने तयारी 

images

सिआईएन

१४, श्रावण २०७९
जनार्दन शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउने तयारी 
images

काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदिय छानबिन समितिको निष्कर्षपछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी सुरू भएको छ ।

सीआईएनसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले शर्मालाई अर्थमन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उहाँलेशर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने बताउनुभयो ।

भोलि पार्टीको स्थायी समिति बैठक बोलाईएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् । तर,प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको् नभएर उहाँले छानबिनका लागि राजिनामा दिनुभएकाले निर्दोश साबित भएपछि उहाँ नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:०१:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology