Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर गुरुङ चयन
images

कुरिनटार । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार इच्छकामनामा एक कार्यक्रमको आयोजना गरि महासंघको प्रथम अधिवेशन सम्पन्न भएको हो।

295329727_1204440390393751_3255582523272767672_n.jpg

अधिवेशनले चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीका प्रमुख भक्त बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामना गठन गरेको छ । महासंघको उपाध्यक्षमा कविता काफ्ले, सचिवमा सुजिता त्रिपाठी, कोषाध्यक्षमा गणेश बहादुर राई सुनुवार, सदस्यहरुमा सागर लामा, नरमाया गुरुङ, लालकुमारी गुरुङ, रोशन कुमार महतो, निशा कुमाल, सुर्य चेपाङ र सुमि गुरुङलाई निर्वाचित गरेको छ । 

294460648_357098079929396_4185627162865397988_n.jpg

महासंघको जिल्ला उपाध्यक्ष एंव इच्छाकामना अधिवेशन संयोजक शान्ता पन्थको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए भने कार्यक्रममा महासंघको जिल्ला अध्यक्ष केशवराज सापकोटा, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेकपा एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवाल, जिल्ला सदस्य ज्ञानुदेवी पाण्डे, वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतको उपस्थिति रहेको थियो ।

 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १९:२६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology