आँबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालको सरुवा भएको छ । उनको बिहिबार कास्कीको मादी गाउँपालिकामा सरुवा भएको हो।
यसअघि कास्कीकै जिल्ला समन्वय समितिबाट सरुवा भै २०७८ पुस २८ गते अर्याल आँबुखैरेनीमा आईपुगेका थिए। अर्याल आँबुखैरेनी गाउँपालिकामा आएको करिब ७ महिनामै कास्कीमा सरुवामा भएको हो।
ज्यादै सालिन र सरल स्वभाव रहेका अर्याल झण्डै २३ वर्षदेखि सरकारी जागिरे छन्। जागिरको क्रममा विभिन्न गाविसका सचिव हुदै स्याङ्गजाको चापाकोट नगरपालिकामा १ वर्ष र जिल्ला समन्वय समिति कास्कीमा ४ वर्ष सेवा गरि आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न आईपुगेका थिए।
उनको सरुवा सँगै ऑबुखैरेनी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृत विष्णुप्रसाद शर्मा आउने भएका छन् ।