काठमाण्डौ । सरकारले सहकारी एकीकरणको अवधारणा ल्याएपछि एक सय ४८ वटाभन्दा बढी सहकारी एकीकरण भएका छन् । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७७ मा निर्देशिका जारी गरेयता एक सय ४८ सहकारी एकीकरण पक्रियामा आएको मन्त्रालयको सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले बताउनुभयो ।
प्रदेश र स्थानीय तहले समेत कार्यविधि बनाएर स्थानीय सहकारीहरूलाई एकीकरण प्रक्रियामा लैजान पाउने भएकाले यो सङ्ख्या अझै बढी हुनसक्ने उपाध्यायले बताउनुभयो ।
बढी दर्ता हुने कामलाई निरुत्साहित गर्दै भएका सहकारीलाई एकीकरणमा लैजाने योजनामा विभाग लागिरहेको उपाध्यायको भनाइ छ । यसले सहकारीमा गुणस्तरीयता कायम गर्न मद्दत पुग्ने सहकारी विभागले जनाएको छ ।