काठमाण्डौ । विषादीका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै सरकारले यहि साउन अन्तिम साताबाट नेपालका १२ वटा नाकाहरूबाट परिक्षण सुरु गर्ने भएको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा भएको विषादी परिक्षणका लागि हाल सात वटा नाकामा मात्रै परिक्षण केन्द्र सञ्चालनमा रहेका छन् ।
कृषि मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार साउन अन्तिम साताबाट खाद्य आयात निर्यात गुणस्तर नियन्त्रण कार्यालय रहेका १२ वटा नाकाहरूमा त्यो ब्यवस्था गरिनेछ ।
त्यसका लागि उपकरण जडान लगायत प्राविधिकहरूलाई दिईने अभिमुखिकरण कार्यक्रमहरू भइरहको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सीआईएनसँग बताउनुभयो ।
विभागले गत कात्तिक १ गतेदेखि सात वटा नाकाहरूमा विषादी परिक्षण गरिरहेको छ । ती नाकाहरूमा चैत मसान्तसम्म ४० हजार सात सय ८५ वटा आयातित फलफूल तथा तरकारीको नमूना परिक्षण गरिएकोमा ३२ वटा नमूना खानका लागि अयोग्य थिए ।