Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मल बिना रोपाइँ सकिने चरणमा, उत्पादन घट्ने चिन्तामा किसान 

मल बिना रोपाइँ सकिने चरणमा, उत्पादन घट्ने चिन्तामा किसान 

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
मल बिना रोपाइँ सकिने चरणमा, उत्पादन घट्ने चिन्तामा किसान 
images

पबित्रा पराजुली, नवलपरासी पूर्व, ८ साउन । असार सकिनै लाग्यो । तर, किसानले धान रोपेर सकेका छैनन् । कतै  सिँचाइको अभाव छ, कतै खेतालाको । त्यो भन्दा पनि बढि यस पटक किसानले मुख्य समस्या भोगे मलको ।

धान रोपेकाहरूलाइ पनि अब धानमा मल कसरी हाल्ने भन्ने चिन्ता छ । मल बिनाकै रोपाइँ गरेका किसानलाई उत्पादन नबढ्ने पिर छ । रासायनीक मलको अभाव भएपछि  नवलपुरका किसानहरू प्राङ्गारिक मलको प्रयोगमा धान रोपे ।

मकै र  तोरी छर्दा छरिएको गाईवस्तुको मल र ढैँचाको प्रयोगले रोपाईँगरेको एक जना किसान नैना बस्याल बताउनुहुन्छ । नवलपुरमा हालसम्म ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । जहाँ रोपाइँ भयो, त्यहाँ पनि रासायनिक मलको प्रयोग बिना नै भएको छ । तर, यसरी मलको अभाव भएको पहिलो पटक होइन ।

कावासोती १३ का एञ्जिला थापा मगर यस्तो समस्या बर्सेनी भोग्दै आएको बताउनुहुन्छ । कतिपय स्थानमा असार नलाग्दै रोपेको धान हरियो हुन थालिसकेको छ । अब मल हाल्नुपर्ने समय आइसक्यो । रोप्दा मात्रै होइन, गोड्दा पनि मलको अभाव हुने देखिएको छ ।

हाल जिल्लामा रासायनिक मलको मौज्दात छैन । कम्पनीबाट प्राप्त हुने मल नवलपुरमा ९८ वटा विभिन्न सहकारी संस्था र एग्रो मार्फत किसानलाई उपलब्ध गराइदै आएको छ । तर सहकारीमा नै मल नहुँदा किसान उत्पादन घट्ने चिनतामा छन् । 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:३३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology