Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

गाजाँ फडानी अभियान

आँबुखैरेनी प्रहरीद्वारा गाजाँ फडानी अभियान सुरु

आँबुखैरेनी प्रहरीद्वारा गाजाँ फडानी अभियान सुरु

images

पत्रपत्रिका

८, श्रावण २०७९
आँबुखैरेनी प्रहरीद्वारा गाजाँ फडानी अभियान सुरु
images

आँबुखैरेनी, ८ साउन । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले गाजा फडानी अभियान सुरु गरेको छ । अभियान अन्र्तगत प्रहरीले करिब दुई हजार गाँजाका बोट नष्ट गरेको छ । आँबुखैरेनी गाउँपालिका– २ स्थित एक्लेफाँटको सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको हो ।

प्रहरी निरीक्षक निरज डाँगीको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको हो । गाँजा फडानी कार्यमा बाह्र जना प्रहरी र बीस जना स्थानीयबासीले सहयोग गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष आश बहादुर गुरुङ्ग र स्थानीयबासीको समेत सहभागिता रहेको थियो ।

तनहुँ प्रहरीले गाँजा फडानी गरी नष्ट गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएको छ । लागूऔषधको रुपमा प्रयोग गरिने गाँजालाई नष्ट गरी मानिसलाई कूलतमा फस्नबाट जोगाउन प्रहरीले उक्त कदम चालेको प्रहरी निरीक्षक डाँगीले बताए । गाँजाका बोट भएका स्थानको बारेमा जानकारी पाउने बित्तिकै प्रहरी टोली घट्नास्थलमा पुगेर फडानी गरी नष्ट गर्दै आएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:२५:३४ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology