Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अपराध

कुरिनटारको एउटा पसलमा किनिएको चौधरी ग्रुपको उत्पादन रियो जुसमा भेटियो अखाध्य पदार्थ

कुरिनटारको एउटा पसलमा किनिएको चौधरी ग्रुपको उत्पादन रियो जुसमा भेटियो अखाध्य पदार्थ

images

इच्छाकामना न्युज

७, श्रावण २०७९
कुरिनटारको एउटा पसलमा किनिएको चौधरी ग्रुपको उत्पादन रियो जुसमा भेटियो अखाध्य पदार्थ
images

कुरिनटार ,७ साउन । चितवनको इच्छाकामना ४ कुरिनटार निवासी भविश्वर गुरुङले स्थानिय किराना पसलबाट छोराहरुका लागि दुई वटा रियो जुस किनेर घरमा लगे । छोराहरुले जुस खादाँ एउटा जुसमा अखाध्य बस्तु भेटिएयोे । छोराले स्वाद फरक आएको भनेपछि आफुले टेष्ट गर्दा गन्हाएपछि जुस गिलासमा खन्याउँदा जुसमा कमिला भेटिएको समेत भविश्वरका श्रमती सुनिता गुरुङले बताईन् । छोराले वान्ता समेत गरेको उनले बताइन् ।

जुस सडिएको र नाली जस्तै गन्हाएपछि उनले किनेको किराना पसलमा देखाए । पसलका प्रोपाइटरले यो विषयमा कम्पनीका प्रतिनिधिसंग कुरा गर्न भनेपछि उनले कम्पनीका प्रतिनिधिलाई बोलाएर जानकारी गराए । तर कम्पनीका प्रतिनिधिले एक दुई वटा यस्तो पर्नु स्वभाविक भनेर गैरजिम्मेवारी जवाफ फार्काए । स्वास्थ्य परिक्षण गरिदिन आग्रह गर्दा अस्वीकार समेत गरेपछि गुरुङले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरेका थिए ।

सिजी फुड प्राइभेट लिमिटेड दुमकौली नवलपरासीबाट उतपादित उक्त जुस परिक्षणका लागि गुणस्तरीय विभागमा पठाइएको छ ।
कहीलेकाही एक दुई वटा यस्तो हुन्छ भनेर गैर जिम्मेवार जवाफ दिने रियो जुस कम्पनीले नागरिक स्वास्थ्यमाथी खेलवाड गरेको गुरुङले बताए ।

गुरुङका छोरा र श्रीमतीलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ । उनिहरुको स्वास्थ्य भने सामान्य रहेको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - २०:३६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology