Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पुष्पलाल स्मृति दिवस

आज ४४ औँ पुष्पलाल स्मृति दिवस 

आज ४४ औँ पुष्पलाल स्मृति दिवस 

images

इच्छाकामना न्युज

७, श्रावण २०७९
आज ४४ औँ पुष्पलाल स्मृति दिवस 
images

काठमाण्डौ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा श्रेष्ठको जन्म भएको थियो ।

पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो ।

श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो । उहाँको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो । 

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०९:२१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology