सर्लाही, ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सर्लाही जान लाग्नुभएको छ । सर्लाहीको बागमती नगरपालिका–८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन उहाँ सर्लाही जान लाग्नुभएको हो ।
कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुने जनाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरूरुले सभासम्मेलन आयोजना र सम्वोधनमा जोड दिन थालेका छन् ।